• कार्तिक ११ २०८३, मंगलवार

एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक

असार ३१ २०७८, बिहीबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि एमाले संसदीय दलको पहिलोपटक बैठक बस्न लागेको हो ।