गुल्मी । गुल्मीको सदरमुकाम नजिकै अर्खलेमा मोटरसाइकललाई जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–१४ अर्गलीका ३० बर्षीय सुदन पाण्डे भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बिहीबार दिउँसो धुर्कोटतर्फबाट सदरमुकाम तम्घास आउँदै गरेको भे१च १९४३ नम्बरको बलेरो जीपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
जीपको ठक्करबाट घाइते भएका पाण्डेको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी जीपमा सवार ५ जनामध्ये चार जना सामन्य घाइते भएका छन् । घाइतेहरुको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ बताइएको छ।