• मंसिर १५ २०८१, शनिबार

अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाऔँ : भट्टराई

असार ३१ २०७८, बिहीबार

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिष्ठित नागरिक वा अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन् । बिहीबार सामाजिक सञ्जालमा ट्वीट गर्दै वर्तमान संवैधानिक राष्ट्रपतिको भूमिका सन्तोषजनक नभएको भन्दै उनले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउने प्रस्ताप राखेका हुन् । तर, अन्तरिम कालका लागि मात्र त्यसो गर्न सकिए पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानु उपयुक्त हुने उनको धारणा छ ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है! त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि ?’