बुटवल । सर्वोच्च अदालतको फैसलाको विरोधमा बुटवलको ट्राफिक चोकमा केपी ओली पक्षीय युवा संघका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् ।
ट्राफिक चोकमा भेला भएका कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाललगायत विरूद् नारावाजी गर्दै मसाल जुलुस निकालेका हुन् ।
साँझ निकालिएको मसाल जुलुसमा सुरक्षार्थ खटिएका प्रहरीले हस्तक्षेप गरी भिड तितर-वितर पार्ने कोसिस गरेका थिए ।
सर्वोच्चले गत सोमबार प्रतिनिधि सभा पुर्स्थापना र प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेपछि नेकपा एमालेको भातृसंगठन युवासंघले संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
बुटवलमा भेलाभएका कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाललगायतका विरूद्ध नारावाजी गरेका थिए । अदालतीय सेटिङका कारण त्यस्तो फैसला आएको भन्दै प्रदर्शनकर्ताले लोकतन्त्र रक्षार्थ सडकमा आएको बताएका छन् ।