कपिलवस्तु । कपिलवस्तुमा मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत आज कपिलवस्तु नगरपालिका सभा हलमा कपिलवस्तु नगरपालिकामा रहेका आंपागता भएका ५१ जना ब्यक्तिहरुलाई ६४ वटा सहायक सामाग्रीहरू वितरण गरिएको छ।
उक्त कार्यक्रम कपिलवस्तु नगरपालिकाकी उप-प्रमुख लक्ष्मी गुप्ताको अध्यक्षतामा तथा प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदम श्रेष्ठ अतिथिहरुमा पुरण थारु, नगर आंपाग समन्वय समिति सदस्य ओरिराम चौरासिया, सिफारिस समिति सदस्य शोभा पोखरेल,नगर आंपाग समन्वय समिति सदस्य मेघनाथ अचार्य, लुम्बिनी आंपाग बिकास सचिव तथा महिला तथा सामाजिक शाखाका सरोज अधिकारीको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन सुरेश बरालीले गरेका थिए ।
सो कार्यक्रममा निम्न व्हिल चेयर ९ थान, सेतो छडी १५ थान, बैशाखी ११ थान, टोएलेट चेयर ८ थान, fricycle ८ थान, साउन्ड मसिन ३ थान, money guide ७ थान, voice calculator १ थान, Voice watch १ थान तथा हाडमा लगाइने बेल्ट १ थान सहयोग सामग्री वितरण गरिएको छ ।