गोवा । जुलाई ११ मा भारतको गोवामा मृत्यु भएका दाङको बबई गाउँपालिका वडा नं ३ का जीत बहादुर नेपालीको परिवारलाई उद्धार गरी नेपाल पठाइएको छ ।
संयुक्त गोवा नेपाली समाजले उनीहरुलाई नेपालसम्म निःशुल्क टिकटको व्यवस्था गरिदिएको छ । मृतकका परिवारहरु श्रीमती कविता नेपाली, बहिनी मंगली नेपाली, ज्वाईं सोमराज विश्वकर्मालाई घरसम्म जानका लागि बसको व्यवस्था गरिएको छ ।
केही दिन पहिला विश्वकर्माको उपचारको क्रममा गोवा मेडिकल कलेजमा मृत्यु भएको भएको थियो । उनको अन्त्यष्टि गोवामै भएको थियो ।
मृतकका परिवारलाई त्यहाँ रहेका नेपालीहरुले १९ हजार ६ सय ९२ रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी संयुक्त गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले जानकारी दिए ।