काठमाडौँ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेर निजी निवास भक्तपुरको बालकोट पुगेका छन् ।
दिउँसो एक बजेतिर लावालस्करसहित बालकोट पुगेका ओलीलाई उनी समर्थित एमाले कार्यकर्ताहरुले बाजागाजासहित स्वागत गरेका हुन् । उनी बालकोट चोक पुग्दा ब्यान्ड बाजा बजाइएको थियो ।
नेता/कार्यकर्ताले ‘केपी ओली- जिन्दावाद, आइ लभ यू केपी बा’ लगायत नारा लगाएका थिए ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन् ।