मोरङ। मोरङमा नवजात शिशुको हत्या भएको छ । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले सोमबार आमासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका-५ आँपगाछीका २५ वर्षीया खुस्वु मण्डल, उनका बुबा ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीय उर्मिला मण्डल र श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन्।
आइतबार राति खुस्बुले छोरी जन्माएकी थिइन् । शिशु छोरी भएको थाहा भएपछि उनीहरुले ब्ल्यांकेटले घाँटी थिची हत्या गरी आमा-बुवाले सञ्चालन गर्दै आएको रंगेली-५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेकोअनुसन्धानको क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत मोरङबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।