• मंसिर १५ २०८१, शनिबार

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण लिन्न भन्ने देउवा बल्ल शितल निवास पुगे

असार २९ २०७८, मंगलवार

काठमाडौं । राष्ट्रपति कार्यालयले विज्ञप्ती सच्याउने भनेपछि नेपाली कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथ लिन शितल निवास पुुुुगेका छन् ।

यसअघि  देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा नै उल्लेख नगरी नियुक्त गरेकी थिइन्। जसको आलोचना भएको थियो। पछि संविधानको धारा ७६ को (५) अनुसार नियुक्त गरिएको भन्ने पत्र पाएपछि देउवा शपथका लागि शीतलनिवास जान लागेका हुन्।

यसअघि राष्ट्रपति कार्यालयले साँझ ६ बजेका लागि शपथको समय तय गरेको थियो। अब केहीबेरपछि शथप हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति आपत्ति जनाएका छन् ।

नियुक्तिमा राष्ट्रपति कार्यालयले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन् ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका थिए  ।

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका थिए ।

यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका थिए । अहिले देउवा ढिला गरी शीतलनिवास पुगेका छन् ।

साँझ ६ बजे शपथग्रहणको कार्यक्रम राखिए पनि विज्ञप्तिबारे विवाद भएपछि ढिला गरेर शपथग्रहण हुन लागेको हो ।