काठमाडौँ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको इतिहासमा पहिलोपटक प्रधानमन्त्री नियुक्ति अदालतले गरेको बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले विश्वको इतिहासमा पहिलो पटक सम्मानित अदालतले प्रधानमन्त्रीलाई हटाएर नयाँ नियुक्त गर्ने आदेश दिएको बताएका हुन् ।
उनले भने, ‘विश्वको इतिहासमा पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र प्रधानमन्त्री हटाउने काम गरेको छ,’ । यो फैसला इतिहासको कडीमा परीक्षित हुन भने बाँकी रहेको उनको भनाइ थियो ।
सर्वोच्चको परमादेशकै कारण आफूले सरकारबाट बाहिरिन लागेको उनले बताए। सरकारबाट बाहिरिँदा चिन्ता भने नभएको उनको दाबी थियो ।
यस्तै ओलीले आफ्नो नेतृत्वको सरकारले संविधान कार्यान्वयनमा निकै महत्त्वपूर्ण काम गरेको बताए ।उनले सरकारमा नरहे पनि आफूले निरन्तर देश र जनताको पक्षमा काम गरिरहने बताए ।