बझाङ। बझाङमा पाँच वर्षीया बालिकामाथि बलात्कार गर्ने ६१ वर्षीय एक वृद्ध पक्राउ परेका छन् ।
जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदीश जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जोशीले असार १८ गते घरमा कोही नभएका बेला बालिकालाई ललाइफकाइ आफ्नै कोठामा लगि बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडितकी आमाले दिएको उजुरीका आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गरिरहेका प्रहरीले जानकारी दिएको छ।
जोशीलाई अदालतबाट म्याद थपेर हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।