सिरहा । सिरहामा ६ वर्षीय बालकको डुबेर मृत्यु भएको छ ।
लहान नगरपालिका-१३ घले टोल बस्ने रामनाथ साहको छोरा ६ वर्षीय कमलदेव साहको सोही ठाउँस्थित श्री जनता माध्यामिक विद्यालयको कम्पाउन्डभित्र भवन निर्माणको लागि खनेको खाल्डोमा जमेको पानीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।
उक्त स्थानमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि धनगढीस्थित आरके मेडिसिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।