काठमाडौं । संसद पुनस्थापना गर्ने सर्वोच अदालतको आदेशसँगै विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा आज साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।
यतिबेला नेपाल काँग्रेस आन्तरिक छलफलमा जुटेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा पार्टीका नेताहरु छलफलमा छन् । अदालतले दोस्रो पटक संसद पुनस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ ।
साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने फैसला सुनाएको छ । सोमबार बसेको संवैधानिक इजलासले सो आदेश जारी गरेको हो । जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपीओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।