• मंसिर १५ २०८१, शनिबार

उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् : गगन थापा

असार २८ २०७८, सोमबार

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सर्वोच्‍च अदालतले संविधानको रक्षा गरेको बताएका छन् । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्‍च अदालतको फैसलापछि सामाजिक सञ्‍जालमार्फत प्रतिक्रिया दिँदै नेता थापाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता नगर्न आग्रह गरेका हुन् ।

थापाले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ,’ ‘अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन । उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशागरौ। नत्र भिरबाट खस्नेलाई रामराम ।’