काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको सोमबारको फैसला इतिहासमै एक महत्वपूर्ण परिघटनाका रुपमा रहने बताएका छन् । सर्वोच्च अदालतको फैसालपछि प्रतिक्रिया दिंदै दाहालले अदालतको फैसला नेपाल र नेपाली जनताको हितमा रहेका कारण इतिहासले सम्मान गर्ने बताएका हुन् ।
‘पटकपटकको संसद विघट्न, पटकपटक संविधान, लोकतन्त्रमाथी भएको प्रहारबाट आम नेपाली जनता आजित भएको स्थिति थियो । त्यसकारण यो जनताको जितको रुपमा अगाडि आएको देख्छु,’ दाहालले भने, ‘यो इतिहासमै महत्वपूर्ण परिघटनाको रुपमा रहने छ र इतिहासले यसलाई सम्मान गर्ने छ ।’
उनले संविधान, लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय हितको रक्षाका लागि अदालतको फैसला आवश्यक बनेको बताए । ‘अदालतको आजको फैसालले यो सबैलाई रक्षा गरेको छ । त्यसकारण मेरो दल र विपक्षी गठबन्धनको तर्फबाट पनि सर्वोच्चको फैसलालाई स्वागत गर्दछु,’ उनले भने ।