• बैशाख २२ २०८३, मंगलवार

सर्वोच्च अदालत परिसरमा कडा सुरक्षा व्यवस्था

असार २८ २०७८, सोमबार

काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्धको फैसला सुनाउने तयारी भइरहेको बेलामा सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते गरेको संसद् विघटनविरुद्ध परेको मुद्दाको फैसला सुनाउन सक्ने भएकाले अदालत आसपास सुरक्षा व्यवस्था बढाइएको हो ।

संसद् विघटनविरुद्ध परेको रिटमा आज पेसी चढेको छ । यसअघि नै सुनुवाइ सकिएपछि आज मुद्दाको फैसला हुनसक्ने बताइएको थियो ।

सर्वोच्च आसपास वरपर बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ ।

यसअघि संसद विघटन बदरको फैसला सुनाउने दिन पनि सुरक्षा व्यवस्था बढाएको थियो ।