झापाको बिर्तामोडमा एक युवतीको अर्धनग्न अवस्थामा शव फेला परेको छ । बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर बस्ने २५ वर्षीय युवती सृजना वस्नेत आफू बस्ने घर अगाडि सडक किनारमा अर्धनग्न अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी आफन्तको घरमा भाडामा बस्तै आएकी थिइन् ।
बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कम गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।