• मंसिर १५ २०८१, शनिबार

एमाले स्थायी कमिटी बैठक बस्दै

असार २७ २०७८, आईतवार

काठमाडौँ। नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दै छ। एकता कार्यदलको बैठक सकिएपछि बालुवाटारमा स्थायी कमिटीको बैठक बस्ने भएको हो ।

आज अपरान्ह ४ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सिंहदरबारमा कार्यदलको बैठक भइरहेका बेला स्थायी कमिटी बैठक बोलाइएको हो ।

कार्यदलले तयार पारेको सहमतिका बुँदालाई स्थायी कमिटीले अनुमोदन गर्ने कार्यदलका नेताहरूले बताइरहेका छन्।