महोत्तरीको लोहारपट्टी नगरपालिका-७ स्थित भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार एक महिनादेखि बेपत्ता भएकी ठाकुरको शव शौचालयको ट्याङ्कीभित्र गाडिएको आवस्थामा फेला परेको हो।
गत जेठ २० गते देखि ठाकुर बेपत्ता थिइन् । त्यसको केही दिनसम्म पनि सम्पर्कमा नआएपछि उनका आमा-बुवाले प्रहरीलाई खबर गरेका थिए।
आइतबार सुजिता बस्ने घरबाट करिब आधा किलोमिटर टाढा रहेको आफ्नै ससुराको जग्गामा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा शव फेला परेको हो । जुन खाडललाई ढलान पनि गरिएको थियो । उनलाई हत्या गरेर फालिएको जस्तो देखिएको र शव निकालेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
ठाकुरको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।