काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शनिबार साँझ भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओली नियमित भेटवार्ताका क्रममा राष्ट्रपति निवास शीतल निवास पुगेका हुन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच मुलुकको पछिल्लो अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
बाढी पहिरोको अवस्थाबारे अवलोकन गरेर सिन्धुपाल्चोकबाट फर्किएसँगै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए ।