काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले आफूहरु सहमतिको अन्तिम विन्दुमा पुगेको बताएका छन् । शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘विभिन्न विषयमा छलफल गरेका छौँ । सहमतिको अन्तिम अन्तिम विन्दुमा पुगेका छौं’, संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने । रावल एमाले विवाद समाधान गर्न गठित कार्यदलमा नेता माधवकुमार नेपाल पक्षबाट संयोजकसमेत हुन् । यसअघि, नेताहरुले शनिबारै दुई पक्षबीच सहमति हुने बताएका थिए ।
यसअघि, शनिबार बिहान कार्यदलमा ओली पक्षबाट संयोजकसमेत रहेका नेता सुवास नेम्वाङ र सदस्य विष्णु पौडेल तथा संयोजक रावलबीच सिंहदरबारमै केही बेर छलफल भएको थियो ।