काठमाडौँ। नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । शनिबार दिउँसो साढे २ बजे बस्ने तय गरिएको बैठक ढिलागरी पौने ५ बजेदेखि सुरु भएको हो ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक जारी छ ।
यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुको भनाइ थियो।