• मंसिर १५ २०८१, शनिबार

एमाले कार्यदलको वैठक आज पनि बस्दै

असार २६ २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।बैठक दिउँसो साढे २ बजे सिंहदरबारमा बस्न लागेको हो।
आजको बैठकमा एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटन विरुद्ध गरेको हस्ताक्षर फिर्ता लिने तथा शक्ति सन्तुलनमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।
कार्यदल सदस्य रघुजी पन्तले आजको बैठकले विवाद समाधान गर्ने दाबी गरे । अधिकांश विवादमा सहमति जुटिसकेको भन्दै उनले आज निष्कर्षमा पुग्ने बताए ।