• मंसिर १५ २०८१, शनिबार

लगभग समाधानको बिन्दुमा छौँ : गोकर्ण विष्ट

असार २४ २०७८, बिहीबार

काठमाडौँ। सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदल सदस्‍य गोकर्ष विष्टले लगभग विवाद समाधानको बिन्दुमा पुगेको दाबी गरेका छन् । आज सिंहदरबारमा केही बेर बसेको कार्यदल बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै साँझ बस्ने बैठकले धेरै हदसम्म समाधान खोज्ने विश्वास व्यक्त गरे ।

‘कार्यदलले चौथो बैठक सम्पन्न गरेको छ । हिजोभन्दा आज थप प्रगती भएको छ । केही कुरा बाँकी छ त्यो कुरा टुंगो लगाउने गरी साँझ फेरि छलफल हुनेछ,’ उनले भने, ‘निष्कर्षमा पुग्न अब त्यती धेरै समय लाग्दैन । आज बेलुका धेरै हदसम्म समाधान खोज्छौं । अब धेरै लामो समय लाग्ने अवस्था छैन । लगभग हामी समाधानको बिन्दूमा आएका छौं ।’

सिंहरबारमा आज केही बेर बसेको कार्यदलको बैठक साँझ पुन: बस्‍नेगरी स्थगित भएको छ ।