• मंसिर १५ २०८१, शनिबार

आजै साँझ फेरि बस्नेगरी सकियो एमाले कार्यदल बैठक

असार २४ २०७८, बिहीबार

काठमाडौँ। पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ। बैठक सकारात्मक दिशामा अघि बढेकाले आजै साँझ फेरि बस्ने गरी सकिएको हो ।

बैठक सकारात्मक भएको र केही तयारी गरेर बेलुकी बस्ने बैठकले एउटा निर्णायक सहमति दिने प्रयास भएको बैठकपछि कार्यदलका सदस्य सुवास नेम्वाङले बताए ।

‘विभिन्न आन्तरिक तयारी गर्नुपर्ने भएकोले बैठक केहीबेर बसेर निस्केका हौं। आज साँझ फेरि ७ बजे बैठक बस्नेछ’, उनले भने,‘सम्भवत आजै निष्कर्षमा पुग्नेगरी तयारी गर्नेछौं।’

बैठकअघि नेता माधवकुमार नेपाललाई भेट्न उपाध्यक्ष भीम रावल कोटेश्वर पुगेको थिए। त्यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेलसँग  भेटवार्ता भएको थियो।