• मंसिर १५ २०८१, शनिबार

एमाले कार्यदल बैठक सिंहदरबारमा सुरु

असार २४ २०७८, बिहीबार

काठमाडौँ। नेकपा एमालेको कार्यदल बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केहीबेर अघि बैठक सुरू भएको हो ।
आजको कार्यदल बैठकले हिजो बुधबार साँझ शीर्ष नेताद्वयबीच भएको छलफलको समिक्षा गर्दै पार्टी एकतालाई टुंगोमा पुर्‍याउने भएको छ ।

बिहान कार्यदलको बैठकअघि नेताहरु भीम रावल र विष्णु पौडेलले सिंहदरबारमा छलफल गरेका छन् । छलफलपछि नेता रावल नेपाल निवास कोटेश्वर पुगेका थिए।

ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा २ घण्टा छलफल भएको थियो ।

अध्यक्ष ओलीले नेपालसँगको वार्तापछि केहीबेर कार्यदलका सदस्यहरुसँग पनि छलफल गरेका थिए । छलफलबाट बाहिरिने क्रममा नेपाल पक्षीय कार्यदल संयोजक भीम रावल र सदस्य सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक विवाद सहमति नजिक पुगेको बताएका थिए।​