काठमाडौँ। चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परिक्षण भइरहेको प्रहरीले जनाएको छ ।
राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा भेटिएको थियो । उनी असार ११ गते बिहान ६ बजे घरबाट साथीको घर जान्छु भन्दै हिँडेकी थिइन् ।
तर सोही दिन दिउँसो भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् । उनको परिवारले सविताको अपहरण भएको भन्दै प्रहरीमा उजुरी दिएको थियो ।