• मंसिर १५ २०८१, शनिबार

एमाले कार्यदलको बैठक सकियो, पार्टीभित्रका समस्याबारे भोलिदेखि छलफल गर्ने

असार २१ २०७८, सोमबार

काठमाडौं । नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकिएको छ।

सिंहदरबारमा सोमबार साँझ बसेको बैठक झण्डै डेढ घण्टा बसेर सकिएको हो।

सोमबार साँझ सिंहदरबारमा बसेको बैठकमा अहिलेसम्मका घटनाक्रमको सामान्य समीक्षा भएको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए । उनका अनुसार पार्टीभित्रका समस्याका विषयमा मंगलबारदेखि छलफलले प्रवेश पाउने भएको छ ।

‘कार्यदलको बैठक नियमित अगाडि बढाउने निर्णय गर्यौं । आज कुनै विषयबस्तुमा प्रवेश गरेनौं । तर, हाम्रा आन्तरिक समस्या गम्भिर रुपमा विश्लेषण गरेर सम्भवतः भोलि बस्ने बैठकबाट छलफल अगाडि बढाउँछौं,’ बैठकपछि रावलले भने ।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । खनाल–माधवकुमार नेपालका तर्फबाट रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।

काठमाडौं । नेकपा एमालेको एकता जोगाउन गठन गरिएको कार्यदल पुनः ब्युँताइएको छ ।

नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदल ब्युँतिएको हो । आइतबार बेलुका अध्यक्ष केपी शर्मा ओलीसँग नेता भीम रावलले छलफल गरेसँगै कार्यदललाई औपचारिक रुपमा ब्युँताइएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालसहित २३ सांसदलाई नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटमको समय समाप्त भए पनि एकताका लागि पुनः कार्यदल गठन गरेर बैठक बोलाइएको छ ।

कार्यदल ब्युँतिएसँगै यसअघि अनौपचारिक रुपमा भएका वार्तामा तयार मस्यौदालाई आधार मानेर सोमबारबाटै सहमति जुटाउने प्रयास थाल्ने नेताहरुले बताएका छन् ।

सदस्यहरूमा ओली पक्षका विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।