• मंसिर १५ २०८१, शनिबार

सरकारको विरोधमा राष्ट्रियसभा सदस्यले देखाए कालो क्याप

असार २१ २०७८, सोमबार

काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्ध राष्ट्रिय सभामा सांसदले कालो टोपी देखाएका छन् । सोमबारको बैठकमा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले कालो टोपी देखाएका हुन् ।

सरकारको विरोधमा सदनमा कालो झण्डा देखाउन नमिल्ने भएकाले आफूले कालो क्याप देखाएको सांसद रायमाझीले बताए । कालो टोपी देखाउँदै उनले भने,’सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमको विरोधमा सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु ।’