• मंसिर १२ २०८१, बुधबार

सेनाले दियो प्रहरीलाई हतियार

असार २१ २०७८, सोमबार

काठमाडौँ। नेपाली सेनाले नेपाल प्रहरीलाई विभिन्न हतियारहरु प्रदान गरेको छ । नेपाली सेना मुख्यालय जंगी अड्डामा सोमबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हतियार हस्तान्तरण गरेका हुन् । सेनाले प्रहरीलाई ३ सय थान राइफल एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरेको हो ।

यसअघि २०७७ सालको साउन १४ गते पनि सेनाले सशस्त्र प्रहरी बललाई ६ सयवटा इन्सास राइफल प्रदान गरेको थियो । अझै पछिपनि नेपाली सेनाले नेपाल प्रहरीलाई विभिन्न किसिमका १० हजार ८ सय थान हतियार र सो हतियारका अम्युनिशन गरेर १४ लाख ९४ हजार १६ वटा प्रदान गर्ने बताइएको छ ।

यसरी हतियार प्रहरीलाई प्रदान गर्ने योजना अनुसार दिन बाँकी अरु हतियार आगामी बैशाखमा उपलब्ध गराइने जंगी अड्डाले बताएको छ । आफूले उपलब्ध गराएका हतियार संचालनका साथै मर्मत तथा सम्भारको लागि पनि सेनाले प्रहरीलाई तालिम दिनेछ ।