काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मसाल जुलुससहित काठमाडौँमा प्रदर्शन गरेको छ ।
असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले प्रदर्शन गरेको हो।
मसाल जुलुससहितको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासमेत जलाइएको छ। त्यसक्रममा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।