• बैशाख २२ २०८३, मंगलवार

बैतडीमा जीप दुर्घटना : तीन जनाको मृत्यु, ११ घाइते

असार २० २०७८, आईतवार

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । घाइते मध्य पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

आइतबार बिहान लगनबाट डडेल्धुरा जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरू ४५ वर्षीय मानसिंह साउद, ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय जय सिंह धामी रहेको जनाइएको छ ।

घाइते ११ जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको बताइएको छ ।