• मंसिर १५ २०८१, शनिबार

ओली-नेपाल टेलीफोन वार्ता,कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने

असार १९ २०७८, शनिबार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधव कुमार नेपालले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने बताएका छन् ।

शनिबार दिउँसो भएको टेलिफोन संवादका क्रममा नेता नेपालले सर्वोच्चमा विचाराधीन रहेको मुद्धाको कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नगर्ने अडानमा आफू रहेको बताएका हुन् ।

त्यसको जवाफमा अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभएको अवस्थामा पार्टी एकता हुन नसक्ने भन्नुभएको स्रोतले बताएको छ । यसअघि शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले नेता नेपाललाई सोमबार सम्ममा हस्ताक्षर फिर्ता गर्न समयसिमा तोकेका थिए । यसअघिबाटै बैठक रोक्न आग्रह गर्दै आउनु भएका नेता नेपालले आजको टेलिफोन संवादमा पनि उही कुरा दोहोर्याउनु भएको पनि बताइएको छ ।