• मंसिर १५ २०८१, शनिबार

वामदेवलाई प्रधानमन्त्री ओलीको आग्रह -पार्टीलाई एकताबद्ध गर्न विशेष भूमिका निर्वाह गरिदिनु

असार १८ २०७८, शुक्रबार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गरेका छन् ।
शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले उपाध्यक्ष गौतमलाई विशेष भूमिका निर्वाह गर्न पनि आग्रह गरेका हुन् ।

ओलीको कदमको चर्को आलोचना गर्दै आएका नेता गौतम शुक्रबारको बैठकमा सहभागी भएका थिए । अध्यक्ष ओलीले एकताका लागि भूमिका खेल्न गरेको आग्रहमा नेता गौतमले मुख्य नेताहरुलाई अपमान गरेर पार्टी एकता नरहने बताएका थिए । उनले माधव नेपालसहितका नेताहरुलाई नसमेटि एमाले एकता नहुने भन्दै म्ख्य नेताको सम्मानजनक व्यवहार गरिनुपर्ने धारणा राखेका थिए ।

गौतमले एमाले आधा–आधाको अवस्थामा रहेको भन्दै पार्टी एकता नगरे सकिने पनि बताएका थिए । विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई बीचमै भंग गरिएको प्रति गौतमले आपत्तिसमेत जनाएका थिए ।

खनाल–नेपाल समूहका २३ निवर्तमान सांसद्ले विपक्षी गठनबन्धनमा सामेल हुँदै प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा हस्ताक्षर गरेका छन् । पार्टीका कुनै खेमामा नहरेका नेता गौतम भने बैठकमा उपस्थित भएर आफ्नो भनाइ राखेका थिए ।