• बैशाख २१ २०८३, सोमबार

विप्लव निकट शिक्षकको बैठक : पेशागत हितका लागि संघर्ष गर्ने निर्णय

असार १८ २०७८, शुक्रबार

हेमन्त वली असार १८, दाङ ।
नेपाल कम्युनिस्ट पार्टीको पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन दाङको १६औं पूर्ण बैठक सम्पन्न भएको छ ।
सो केन्द्रिय सदस्य तथा दाङ इञ्चार्ज शितलको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकमा प्रमुख अतिथि शितलले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

बैकले संगठनको ९औं जिल्ला सम्मेलन आगामी असोज महिना भित्र गर्ने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्न डिल्लीराज डाँगी संयोजक रहने गरी २७ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरिएको छ ।

बैठकले तुलसीपुर, घोराही र लमहीमा अन्तरक्रिया कार्यक्रम गर्ने, सबै संगठनहरुसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने, शिक्षकहरुका पेशागत हकहित, अधिकारका लागि संघर्ष गर्ने, पालिका स्तरीय कमिटी गठन गर्ने जस्ता विविध महत्वपूर्ण निर्णय गरेको छ ।

यस्तै बैठकले पालिकाहरुमा इञ्चार्जहरुको जिम्मेवारी ठोस गरेको छ जसमा राप्ती गाउँपालिकामा धनिराम घर्तीमगर, गढवा गाउँपालिका (कृष्ण हमाल) राजपुर गाउँपालिका (नरेन्द्र वस्नेत,लमही) नगरपालिका (कविता खनाल,घोराही) उपमहानगरपालिका (हरिलाल चौधरी,तुलसीपुर उपमहानगरपालिका, (मेघराज घिमिरे,बंगलाचुली गाउँपालिका, (चेतनाथ मगर,दंगिशरण गाउँपालिका,(लिलाधर नेपाली,शान्तिनगर गाउँपालिका, (कृष्ण चन्द ठकुरी र बबई गाउँपालिकामा लिलाधर विकलाई जिम्मेवारी प्रदान गरिएको हो ।

संयोजक डिल्लीराज डाँगीको अध्यक्षतामा बसेको बैठकमा नेकपा दाङ सेक्रेटरी प्रदिप वली, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य तथा राप्ती व्युरो इञ्चार्ज नारायण भण्डारी, संगठनका केन्द्रिय सदस्य निर्मला डिसी, नेकपा घोराही नगर इञ्चार्ज तिलक, अखिल नेपाल शिक्षक संगठन दाङका सल्लाहकार समितिका सदस्य कृष्ण चन्द ठकुरी, अखिल (क्रान्तिकारी) दाङका पूर्व अध्यक्ष अनिलको आतिथ्य रहेको थियो ।