• बैशाख २१ २०८३, सोमबार

राष्ट्रपतिको काम कुन सांसदले कसलाई भोट हाल्छ भनेर हेर्ने हो ?

असार १७ २०७८, बिहीबार

काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज पनि बहस जारी छ । अहिले निवर्तमान महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् ।

आजका बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कुन सांसदले कसलाई भोट हाल्छ भन्ने हेर्ने काम राष्ट्रपतिको हो भन्दै खरेललाई प्रश्न गरेका छन् ।

‘राष्ट्रपतिको काम कर्तव्यको दायित्वभित्र कुन सदस्यले भोलि कसलाई भोट हाल्छ कि हाल्दैन भनेर हेर्ने हो ?’ राणाले प्रश्न गरे ।

जवाफमा खरेलले ह्वीप लगाएपछि एमाले सांसदले शेरबहादुर देउवाका पक्षमा मत दिन नसक्ने बताए। ‘ह्वीप लाग्ने अनिवार्य भएकाले राष्ट्रपतिले शेरबहादुर देउवाको दाबी अस्वीकार गर्नुभयो,’ खरेलले भने।