• बैशाख २१ २०८३, सोमबार

त्रिशुलीमा ट्रक खस्यो, चालक बेपत्ता

असार १५ २०७८, मंगलवार

काठमाडौँ। धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट एउटा ट्रक त्रिशुली नदीमा खसेको छ।

वीरगञ्जबाट काठमाडाैंआउदै गरेको ना ३ ख ८०७४ नम्वरको ट्रक मंगलबार बिहान त्रिशुली नदीमा खसेको हो ।

ट्रकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

वीरगन्जबाट काठमाडाैंका लागि छुटेको कपडा लोड गरिएको ट्रक दुर्घटनामा परेको आशंका गरिएको बताइएको छ ।

तर नदीको बहाव निकै ठूलो भएकोले ट्रक नदीले बगाएर बेपत्ता भएको अनुमान प्रहरीको छ ।

बेपत्ता हुने सवारी चालकको पहिचान खुल्न सकेको छैन ।