काठमाडौं । पहिलो पटक संसद् विघटन भए पश्चात् प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चिसिएको सम्बन्ध आजसम्म न्यानो हुन सकेको छैन ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक गत वर्ष २०७७ पुष ५ गते संसद् विघटन गरेकी थिइन् । संसद् विघटन हुँदा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) जिवितै थियो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । उनी दुवै जनाले पार्टीको कार्यभार सम्हालेका थिए ।
कार्यभार सम्हालेकै अवस्थामा पार्टीभित्र अनेकन् तिकडम र जालसाजी गर्दै आएका ओलीले अन्ततः संसद् नै विघटन गरे । संसद् विघटनपछि ओलीको कदमविरुद्ध प्रचण्ड–नेपालले संयुक्तरूपमा देशका ७७ जटै जिल्लामा सडक संघर्ष र विरोध गरेका थिए । विरोधका बावजुद ओलीको कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्यो । तत्पश्चात् ओली र प्रचण्ड–नेपालको विवाद केहीहदसम्म मथ्थर भयो । तर, निस्तेज भने भैसकेको थिएन ।
त्यसपछि प्रचण्ड–नेपालले अब के गर्ने भन्दै पार्टीको आन्तरिक छलफलमा जुटेका थिए । ठीक त्यहीँ समय अर्थात् गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालिन दुई ठूला राजनीतिक दल नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० पूर्ववत् अवस्थामा फर्काइ दियो । यी दुई पार्टी पूर्ववत् अवस्थामा फर्किएसँगै माधवकुमार नेपाल एमालेमै फर्किन बाध्य भए भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्रमै फर्किए ।
यद्यपि वरिष्ठ नेता नेपाल एमालेमै फर्किए पनि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग हालसम्म एक मन्सुवा हुन सकेको छैनन् । उनीहरूबीच दिनानुदिन गहिरिँदै गएको विवादको खाडल झन् गहिरिएको छ । ओली र नेपालको आपसी विवादका कारण नेपालले देशका अधिकांश जिल्लामा एमाले समानान्तर कमिटीसमेत गठन गरेका छन् । यद्यपि यी दुवैको विवाद समाधानका लागि विभिन्न होटल तथा निवासमा छलफल भने नभएका होइनन् । तर, उनीहरूको उक्त छलफल र भेटवार्ताले आजसम्म कुनै सार्थकता भने पाउन सकेको छैन ।
त्यतिमात्रै नभएर, ओली र नेपाल समुहका दोस्रो वरियताका नेताहरूबीच लामो समय अनौपचारिक भेटवार्ता र छलफल हुँदै आएको छ । उक्त भेटवार्ता र छलफलको निष्कर्ष सकारात्मक भएको भनिए पनि पार्टी एकताले हालसम्म सार्थकता पाउन सकेको छैन । एकताको लागि ओली र नेपाल समूहबाट ५÷५ जनाको कार्यदल गठन भएको थियो । उक्त कार्यदलले एकताका लागि पहल गरिरहेकै समयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले नेपाल समूहका केही नेतालाई पार्टीबाट साधारण सदस्य नरहने गरी निस्कासन गरेपछि उक्त कार्यदलले एकता सम्भव नभएको भन्दै एकताको बाँकी कार्य गर्न सकेन ।
त्यसयता पार्टी एकताका लागि भन्दै राजधानीका विभिन्न होटलमा एमाले दोस्रो वरियताका नेता छलफलमा जुटेका थिए । त्यहीँ क्रममा ओलीले पुनः जेठ ८ गते संसद् विघटन गरेका छन् । दोस्रो पटक संसद् विघटन पश्चात् नेपाल समूह झन् रूष्ट बनेको छ । उसले आलीको कदमविरुद्ध विपक्षी दलहरू नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादव–संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई समूहसँग गठबन्धन गरेको छ । तर, विघटित संसद्को मुद्दा भने सर्वोच्च अदालतमा विचाराधिन छ ।
यसबीचमा ओलीले नेपालसँग एकताका लागि ६ बुँदे प्रस्ताव आह्वान गरेका छन् । तर, ओलीको उक्त प्रस्तावको नेपाल समूहले अस्वीकार गरेको छ । नेपाल समूहको अन्तिम बटम लाइन एमाले पार्टीको सांगठानिक एवम् वैचारिक संगठन २०७५ जेठ २ मा फर्काउनु हो । तथापि ओलीले जेठ ३ मा पार्टीलाई फर्काउने भनेका छन् । यसमा नेपाल असमर्थ छन् । त्यसयता ओलीले पार्टी एकताका लागि कुनै पनि औपचारिक धारणा सार्वजनिक गरेका थिएनन् ।
हिजो ९आइतबार० बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बसालेर ओलीले जेठमा २ मा फर्किने बताएका छन् । त्यसका लागि आगामी बुधबार केन्द्रीय कमिटीको बैठक बस्ने बताइएको छ । उक्त बैठकमा एमाले पार्टीलाई जेठ २ मा फर्काउने ओलीले विचार गरेका छन् ।
उनले नेपाल समुहसँग एकताका लागि आह्वान पनि गर्ने र विभिन्न सरकारी तथा पार्टीको सार्वजनिक कार्यक्रममा वरिष्ठ नेता नेपालमाथि अशोभनिय र अनेकन् लालच्छना लगाउँदै आएका छन् । यसअघि ओलीले नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता भएको आरोप लगाउँदै आएका थिए । आज ९सोमबार० बालुवाटारमा आयोजित कार्यक्रममा माधव नेपाल सभापति शेरबहादुर देउवाको कार्यकर्ता र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुच्छर भएको टिप्पणी गरे । नेता नेपालले आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनता माझ झुटको राजनीति गरेको ओलीले आरोप लगाए ।
‘प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे । नेपालले आफै भन्दै हिडेका छन्, मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे । तर, म मान्दिनँ, ओलीले भने । म शेर बहादुर देउवा प्रति यति सर्मपित छु । म देशलाई, पार्टीलाई, जनतालाई धोका दिन्छु । पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । उनी शेरबहादुर देउवाको पार्टी नै ज्वईन गर्न पनि सक्छन्। कार्यकर्ता भएर हिडेका छन् । प्रचण्डको पार्टी त उनलाई ज्वईन गर्नु नै छ । त्यो त उनको गन्तव्य नै हो ।’
उनले भने, ‘तर धाक के लगाएर हिँडेका छन् भने प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । मलाई बौलाहा कुकुरले टोकेको छ र रु कोही काम नपाएर, कोहीँ मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्लान् रु’