• मंसिर १७ २०८१, सोमबार

डिभोर्सपछि श्रीमतीलाई अंश दिनुपर्छ भनेर श्रीमानले आफ्नो करोडौं मूल्यको घरमा आगो लगाए

असार १४ २०७८, सोमबार

काठमाडौं । एक वृद्धले आफ्नो करोडौं मूल्यको घरमा आगो लगाएका छन् । डिभोर्सपछि श्रीमतीलाई अंश दिनुपर्छ भनेर ७५ वर्षका ती वृद्धले आफ्नो करोडौं मूल्यको घरमा आगो लगाएका हुन् ।

जल्नुअघि त्यो घरको मूल्य ५ लाख ५० हजार पाउण्ड अर्थात नेपाली ९ करोड रुपैयाँ थियो । ती व्यक्तिले घरमा आगो लगाएपछि दमकल विभागलाई फोन पनि गरेनन् ।

यतिसम्म कि घरमा आयो लागेपछि त्यसको क्षतिपूर्ति बिमा कम्पनीले पनि नदेओस् भनेर ती व्यक्तिले बिमा शुल्क नै बुझाएका थिएनन् । बेलायतका यी व्यक्तिको यो पूरै षड्यन्त्रको खुलासा एक्सेटर क्राउन कोर्टमा सुनुवाइको क्रममा भयो । पुलिस र दमकल विभागले अदालतलाई यो आगो आकस्मिक नभइ जानीजानी लगाइएको बताए ।

डेलीमेलका अनुसार यो घरमा जोन म्याक्करी र उनकी पत्नी हिलारी २० वर्षसम्म साथमा बसेका थिए । जोनले आगो लगाउनुभन्दा पहिले निकै मदिरा पिएका थिए । त्यसपछि उनले प्रोपेन ग्यासका सिलिण्डरलाई ब्लोटर्चबाट आगो लगाए । आगो लगाएपछि उनी आरामले कुर्सीमा बसे र फेरि मदिरा पिउनथाले । छिमेकीहरु जम्मा भएपछि उनले आफ्नो घर जलिरहेको आफूले हेरिरहेको बताएका थिए ।

जाँचकर्ताहरुका अनुसार घरमा १७ जूनमा आगो लगाइएको थियो जबकि त्यसको ३ दिनपछि यो घर ५ लाख ५० हजार पाउण्डमा बेचिँदै थियो । तर, आगो लागेपछि यो घर यति खराब भयो कि यसको मूल्य घटेर ३ लाख २० हजार पाउण्डमा बेचियो । अदालतमा बताइएअनुसार आगो लगाउनुभन्दा पहिले जोनले श्रीमतीलाई घरभित्रका सामान निकाल्न पनि दिएका थिएनन् । जोनले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् ।