जनकपुरधाम । धनुषामा थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ ।
थप गरिएको निषेधाज्ञा भने अझ खुकुलो बनाइदै सो अवधिमा सार्वजनिक सवारी साधन समेत चल्न पाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
उनका अनुसार धनुषाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारी साधनबाहेक जिल्लाभरि सार्वजनिक सवारी साधन चलाउन पाइनेछ ।
भीडभाड हुन नदिई स्वास्थ्य मापदण्डको पालना गरी नियमित सेवा सुचारु गर्न दिने निर्णय भएको प्रजिअ बास्तोलाले बताए ।