• मंसिर १५ २०८१, शनिबार

प्रतिनिधि सभा विघटनविरूद्ध ५ विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने

असार १४ २०७८, सोमबार

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने भएका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंको सोमबार बसेको बैठकले संसद विघटनविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकले संसद विघटन विरुद्ध सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुप दबाब दिएका हुन् ।