• बैशाख २१ २०८३, सोमबार

केपी शर्मा ओली ७६(५) का प्रधानमन्त्री हुन सक्दैनन् भन्ने कहाँ लेखिएको छ ? : महान्यायाधिवक्ता बडाल

असार १४ २०७८, सोमबार

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि आज विपक्षीका तर्फबाट बहस भइरहेको छ ।

महान्यायाधिवक्ता रमेश बडालले विपक्षीका तर्फबाट बहस गर्दै केपी शर्मा ओलीलाई ७६(५) को प्रधानमन्त्री बन्नका लागि संविधानले प्रतिबन्ध नलगाएको तर्क गरे ।

“७६(३) पछि केपी शर्मा ओली ७६(५) को प्रधानमन्त्री हुँदैनन् भन्ने कहाँ लेखिएको छ ?,” उनले भने, “संविधानले ७६ (३) को प्रधानमन्त्रीलाई ७६(५) बमोजिम जान संविधानले प्रतिबन्ध लगाएको छैन । जनता समाजवादी पार्टीले प्रधानमन्त्रीलाई दिएको समर्थन ७६(५) का लागि हो ७६(३) का लागि होइन । यहाँ जान मिल्दैन भन्ने तरिकाले बहस भयो त्यसो भए कहाँ लेखिएको छ जान मिल्दैन भन्ने ?”

उनले केपी ओलीलाई जनताले मत दिए त टाउको दुखाएर हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

“यहाँ साथीहरुले सबै धाराको प्रधानमन्त्री केपी शर्मा ओली नै हुने भन्नुभयो,” उनले भने, “जनताले मत दिए त टाउको दुखाएर हुन्छ ? मेरो तर्क दलको समर्थन छ भने बन्न सक्छ भन्ने हो ।”