काठमाडौं । भोलिदेखि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा २५ सिट माथिका सार्वजनिक सवारी चल्न दिने निर्णय भएको छ ।
सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा खुकुलो पार्दै यस्तो निर्णय गरेको हो ।
ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।
काठमाडौं उपत्यकाको पछिल्लो साता जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।