• बैशाख २१ २०८३, सोमबार

कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

असार १३ २०७८, आईतवार

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

मिश्रलाई वैशाख २५ गते राजदूतमा नियुक्तिका लागि सरकारले सिफारिस गरेको थियो। कार्की पूर्वमन्त्री भएकाले मन्त्री भइसकेको व्यक्तिको हकमा स्नातक उपाधि हासिल गरेको हुनु नपर्ने भन्ने निर्देशिकालाई अदालतले अश्वीकार गरेको छ । कार्की पूर्व सामान्य प्रशासन मन्त्री हुन् ।