• बैशाख २१ २०८३, सोमबार

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३४ को मृत्यु, मृतकको संख्या ९ हजार नाघ्यो

असार १३ २०७८, आईतवार

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३४ को मृत्यु भएसँगै मृतकको संख्या ९ हजार ९ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।