• बैशाख २१ २०८३, सोमबार

संसद विघटन : रिट निवेदक पक्षको बहस सकियो,भोलिदेखि सरकार पक्षको बहस सुरु

असार १३ २०७८, आईतवार

काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदकतर्फको बहस सकिएको छ। संवैधानिक इजलासले १२ घण्टा तोकेको समयअवधिभित्र रिट निवेदक पक्षका १६ जना कानुन व्यवसायीले बहस गरेसँगै बहस सकिएको छ ।

इजालासमा रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता सविता भण्डारी, बाबुराजा जोशी, अधिवक्ता पदम रोका, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, सतिशकृष्ण खरेल, नरहरि आचार्य, डा. चन्द्रकान्त ज्ञवाली, उमेश गौतम र यदुनाथ खनालसहित १६ जनाले बहस गरेका छन् ।

असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांंसदको तर्फका वकिलहरुको बहस सकिएको छ।

भोलि (सोमबार)देखि प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् ।