• मंसिर १२ २०८१, बुधबार

स्मरण शक्ति बढाउने केही अचुक उपायहरू

असार १२ २०७८, शनिबार

मानिसको उमेर बढ्दै जाँदा स्मरण शक्ति बिस्तारै कमजोर बन्दै जान्छ । मानिसको सम्पूर्ण ज्ञान, सीप, विचार, आचरण, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबै कुरा स्मरण शक्तिमा निर्भर रहन्छ । स्मरण शक्ति बढाउने केही उपायहरु

 बदाम
प्रत्येक रात १० वटा बदाम पानीमा भिजाएर राख्नुस् । बिहान उठेर त्यसको बोक्रा निकालेर मसिनो पेस्ट बनाउनुस् । अनि त्यसमा मह हालेर उमाल्नुस् । त्यसपछि त्यसलाई चिसो बनाएर पिउनुस् । यो सेवन गरेको दुई घन्टासम्म केही नखानुस् ।

अमला
अमलाले स्वास्थ्यसम्बन्धी धेरै समस्यालाई समाधान गर्छ । बिहान खाली पेट अमलाको मुरब्बा खाँदा स्मरणशक्ति बढ्छ । घरिघरि रिस उठ्ने समस्या पनि यसबाट हुँदैन ।

 घिउ
गाईको घिउको राति सुत्नुअघि टाउकोको मालिस गर्नुस् । यसले स्मरणशक्ति तीखो बनाउँछ ।

ओखर
ओखरमा दिमाग तीखो बनाउने गुण विद्यमान हुन्छ । दश ग्राम किसमिसका साथ २० ग्राम ओखर खानुस् ।

गाजर
दिनको दुईतीनचोटि गाजर खाँदा पनि दिमाग स्वस्थ रहन्छ ।

सूप
सूपको दानालाई पिँधेर धूलो बनाउनुस् । अनि यो धूलोलाई बिहान बेलुका दूधसँग पिउनुस् ।

मह र दालचिनी
महसँग १० ग्राम दालचिनी मिसाएर चाट्नुस् । स्मरणशक्ति बलियो हुन्छ ।