काठमाडौं । संचारकर्मी रुपा सुनारले जातीय छुवाछुतको सिकार हुँदा आफूमाथि अफवाह फैलाएको भन्दै ९ वटा अनलाइन मिडियाविरूद्ध प्रेस काउन्सिलमा उजुरी हालेकी छिन्।
उनले साइबर अपराध कसुर अन्तर्गत ती अनलाइनलाई कारबाहीका लागि सिफारिस गरिदिन पनि माग गरेकी छिन्।
ती अनलाइनले अफवाह फैलाइ जातजाति, धर्म वा सम्प्रदायबीचको सु-सम्बन्धमा खलल पुर्याउने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरूत्साहन गरेको निवदनमा उल्लेख गरिएको छ।
रुपाले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित उजुरी दिएका छन् ।