• मंसिर १२ २०८१, बुधबार

के कारणले हुन्छ दीर्घ कोभिड ?

असार १२ २०७८, शनिबार

संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का विरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन् । यता महामारी सुरु भएको एकवर्ष भइसकेपछि पनि वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ ? भन्नेमा छ ।

सन् २०२० मेमा बेलायतको युनिभर्सिटी कलेज लन्डन अस्पतालमा पहिलो पोस्ट कोभिड–१९ क्लिनिक (युसिएलएच) स्थापना गरेपछि मेलिसा हाइटमेनले भेन्टिलेटरमा कैयौं साता बिताएका बिरामीलाई निको पार्न सहयोगी गर्ने आस गरेकी थिइन् । उनले यस्ता अधिकतर बिरामी निको हुने गति छिटो हुने अपेक्षा गरेकी थिइन् ।

‘महामारीको सुरुमा यो रोगले दीर्घकालसम्म प्रभाव पार्छ भन्ने थाहा थिएन । हामीले यो रुघा जस्तो केही समयमै निको हुने ठानेका थियौं,’ उनी भन्छिन् तर उनलाई के थाहा थिएन भने उक्त क्लिनिकमा आएका एक तिहाई बिरामी अझै पनि अस्वस्थ रहनेछन् र काममा फर्कन सक्ने स्थितिमा हुनेछैनन् । क्लिनिकमा आएका आधाभन्दा बढी बिरामी त अस्पतालमा भर्नासमेत भएका थिएनन् ।

जतिबेला उक्त क्लिनिक खुल्यो, धेरै स्थानीय अस्पतालका चिकित्सकले हाइटमेनलाई फोन गर्न थाले । उनीहरू धेरै युवा तथा रोगका लक्षण नभएका बिरामीमा रोगका सघन लक्षण देखिएकोमा आचश्चर्यमा परेका थिए ।

ती चिकित्सकको सबैको समान धारणा के थियो भने सुरुमा सामान्य लक्षण देखिएर त्यसपछि धेरै लक्षण एकसाथ देखिएका बिरामी अत्यधिक थिए । यी बिरामीमा रोगका लक्षण केही साता र महिनासम्म रहेको थियो । यो चिकित्साको हिसाबले अनौठो घटना थियो ।

‘यी बिरामीलाई अधिकतर अस्पतालले हेरेका थिएनन् किनभने रोगबाट निको भइसकेका बिरामीलाई हेर्ने पोस्ट कोभिड–१९ क्लिनिक उनीहरूसँगै थिए,’ हाइटमेन भन्छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।