• मंसिर १५ २०८१, शनिबार

कर्णालीमा खनाल–नेपाल पक्षका तीन सांसद निलम्बनमा

असार ११ २०७८, शुक्रबार

कर्णाली । कर्णाली प्रदेशसभाका तीन जना सांसदलाई पार्टीको ह्वीप उलंघन गरेकोमा निलम्बन गरिएको छ ।

पार्टीको ह्वीप उलंघन गरी ‘फ्लोर क्रस’ गरेका एमाले (खनाल–नेपाल समूह)का चारजना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो । उनीहरुले वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई एक महिनाका लागि निलम्बन गरिएको भनि प्रदेशसभामा जानकारी आएकाले सोही अनुसार व्यहोरा जानकारी गराइन्छ ।’